जनता समाजवादी पार्टीमा ७१६ जना नेता कार्यकर्ता प्रवेश


टुडेखोज, वीरगञ्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ७१६ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

समितिद्धारा औराहामा आयोजित बृहत पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ७१६ जना जनता समाजवादी पार्टीमा प्रबेश गरेको साँसद प्रदिप यादबले जानकारी दिए । उनका अनुसार पार्टी प्रबेश गराउदै बरिष्ट नेता पुर्व प्रधानमंत्री डा. बाबुराम भट्टराई र पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशीहरुलाई स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रममा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ