नेहाको आँखा उपचारमा महत्वपुर्ण भुमिका निर्वाह गरेका महरा सम्मानित


टुडेखोज, सिरहा : लामो समयदेखि दलित आन्दोलनमा सक्रिय रहेका सिरहाको कल्याणपुर नगरपालिका १ का संजय महरा सम्मानित भएका छन् । मिर्चैया नगरपालिका ३ मा जनकल्याण मुसहर एकता सेवा समाज नेपालद्धारा महरा सम्मानित भएका हुन् ।

दलित अधिकारकर्मी महरालाई नेहा सदाकी बुवाले खादा लगाई सम्मान गरे । नेहा सदाले अविर समेत लगाइन् । दलित अधिकारकर्मी महरा विगत एक दशकदेखी मधेशी दलित आन्दोलन, हक अधिकार तथा समाजिक न्यायँका क्षेत्रमा कृयासिल रहेका छन् ।

महरा मधेशमा अति नै पछाडि पारिएका दलित समुदायको जनचेतना स्तर उठाउनका लागि सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् । अधिकारकर्मी महराले मधेशमा भईरहेको जातिय छुवाछुत, हत्या, हिंसा, बलात्कार तथा जातिय विभेदविरुद्ध आवाज उठाउदै आईरहका छन् । उनले समाजमा भईरहेको विभेद तथा असमानता अन्त्यकालागि दलितहरुलाई संगठित गर्दै न्याँयका लागि आन्दोलन समेत गर्दै आएका हुन् ।

मधेशमा दलितहरुको बलात्कार तथा हत्याका अपराधिलाई कारवाहिका निम्ती संघर्ष समेत गर्दै आन्दोलनको सिरहा लगायत प्रदेश नम्बर दुईमा अगुवाई गर्छन । महरा दलित जागरण केन्द्र नेपालका सचिव छन् । संस्थामार्फत दलितहरुलाई जनचेतना तथा हक अधिकारका लागि विभिन्न कार्य गर्छन् ।

महरा सिरहा जिल्लाको मिर्चैया नगरपालिका ३ बकथल्वाका ११ वर्षीया नेहा सदाको आँखाको उपचारमा सहयोगमा अग्रणि भुमीका निर्वाह गरेका थिए । नेहा सदाको काठमाण्डौको तिलगंगा अस्पतालमा आखाँको अपरेशनमा आर्थीक सहायोग संकलनमा समाजिक संजाल मार्फत सहयोग जुटाएका थिए महरा ।

महरालगायतका सहयोगी हातहरुको सहयोगले नेहा सदाको उपचारको लागि १ लाख ६३ हजार रकम संकलन भएको छ । नेहा सदा र उनको बुवा भोला सदा सफल उपचार पश्चात आफ्नो घर फर्किसकेका छन् ।

जनकल्याण मुसहर एकता सेवा समाज नेपालद्धारा स्वागत तथा सम्मान समाहरो कार्यक्रमको अध्यक्षता शिव सदाले गर्नु भएको थियो । सम्मान समाहरोह कार्यक्रममा लामो समय देखी मुसहर समुदायको सर्वाङ्गीक विकासका लागि कृयाशिल तथा भोर संस्थाका अध्यक्ष पाँचुलाल माझीको विशिष्ट आतिथ्य रहेको थियो ।

अध्यक्ष पाँचु माझीले नेहा सदाको उपचारको लागि सहयोगी हाथहरुलाई धन्यवाद प्रकट गरेका थिए पाँचुमाझीले मनतव्यमा मुसहर समुदायको समस्यालाई मात्रे हैनहामीले सम्मपूर्ण दलितको समस्याका लागि काम गरिरहने समते बताए ।

ऋषिकुल समाजका सचिव धनिर सदाले समेत सहयोगि हाथहरुलाई धन्यवाद प्रकट गरको थियो । कार्यक्रममा जनकल्याण मुसहर एकता सेवा समाज नेपालका अध्यक्ष राजेन्द्र सदाले समेत मन्तव्य राखेको थियो ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १६:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ