सप्तरीमा नयाँ नागरिकता वितरण अनिश्चितकालका लागि बन्द


टुडेखोज, राजविराज : जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि अनिश्चित कालका लागि नयाँ नागरिकता वितरण बन्द गरेको छ ।

कार्यालयका प्रशासकिय अधिकृत किशोर कुमार रामले सोमवार सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि नयाँ नागरिकता वितरण बन्द गरिएको जानकारी दिएका हुन् । सूचनामा दुई कर्मचारीमा कोरोनाको लक्षण देखिएको र परीक्षणका लागि स्वाब पठाएकाले रिपोर्ट नआएसम्म नयाँ नागरिकता वितरण नहुने उल्लेख छ ।

कार्यालयबाट प्रदान गरिँदै आएको अन्य सेवाहरु यथावत रुपमा संचालन रहने सुचनामा उल्लेख छ । नयाँ नागरिकता वितरण बन्द गरिएकोले यसबाट पर्न गएको सुवधाप्रति सुचनामार्फत क्षमा मागिएको छ ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ