रेल सञ्चालनका लागि अब स्थायी कर्मचारी नियुक्त गर्ने तयारी


टुडेखोज, जनकपुरधाम : जनकपुर (कुर्था)– जयनगर रुटमा चल्ने रेल सेवाका लागि एकैपटक स्थायी कर्मचारी भर्ना गर्ने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सेवालाई स्थायी रूपमा सञ्चालन गर्न अन्ततः स्थायी कर्मचारी नै चाहिने भन्दै अब एकैपटक स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको बताए ।

‘करार प्रक्रियाबाट कर्मचारी भर्ना गर्दा विभिन्न किसिमको टीकाटिप्पणीसमेत भइरहेको छ’, महाप्रबन्धक भट्टराईले भने, ‘त्यसैले कर्मचारी भर्नालाई विवादरहित बनाउन र रेल्वे सञ्चालनलाई स्थायित्व प्रदान गर्न एकैपटक स्थायी कर्मचारी भर्ना गरिन लागिएका छौं ।’

यसअघि कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्डसहितका २९ पदमा १२९ जना करार कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । १२९ कर्मचारीका लागि ३२ हजार ६८६ जनाले आवेदन दिएका छन् ।

प्रकाशित : २०७७ आश्विन २७, मंगलवार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ