पश्चिममा दलित अभियन्तालाई विद्रोहीको प्रशिक्षण


टुडेखोज, रुपन्देही : मुलुकमा दलित आन्दोलन चलिरहेकोबेला समाजवादी पार्टीका नेता तथा दलित अभियान्ता राजेश विद्रोहीले पश्चिमका जिल्लामा गएर दलित आन्दोलनका अगुवाहरुलाई प्रशिक्षण दिएका छन् ।

बाँके, रुपन्देही र गुल्मीमा भएको छुट्टाछुट्टै तीनवटा प्रशिक्षण कार्यक्रममा सयौं दलित अभियानताहरुले प्रशिक्षण लिएको बालकृष्ण हरिजनले जानकारी दिए । प्रशिक्षणमा सबै राजनीतिक दलका दलित युवा कार्यकर्ता तथा अन्य दलित अगुवाहरूको पनि उपस्थित थियो । प्रशिक्षण समयानुकूल प्रभावकारी रहेको प्रशिक्षणमा सहभागी धावल पासीले बताए ।

त्यस्तै प्रशिक्षणमा अर्का सहभागी दिपेश हरिजनकानुसार, प्रशिक्षण अहिलेको सबैभन्दा उत्कृष्ट प्रशिक्षण रहेको र मुलुकको राजनीतिक अवस्था, दलित आन्दोलनको अवस्था, कानुनी अधिकारको अवस्था, दलित हत्या, हिंसा र बलात्कार, समाजिक मनोविज्ञान, जात व्यवस्थाको गहिरिदो अवस्था, दलित एकताको सवाल लगायत विभिन्न विषयमा प्रशिक्षण केन्द्रित रहेकोले यो प्रशिक्षणले दलित एकता कायम गर्ने कुरामा विश्वस्त रहेको बताए ।

प्रशिक्षणमा बाँके, बर्दिया, कैलाली, कंचनपुर, दांग, रुपन्देही, गुल्मी लगायतका जिल्लाबाट आएका दलित युवाहरुले समेत प्रशिक्षण लिएका छन् । यतिबेला दलितमाथि विभिन्न किसिमका हिंसात्मक घटनाहरु घटिरहेकाले दलित मुक्तिका लागि दलित एकताको खाँचो रहेको महसुस गर्दै दलित एकता जागरण तथा प्रशिक्षण अभियानमा सहभागी भएको नेता विद्रोहीले बताए ।

प्रकाशित : २०७७ आश्विन २७, मंगलवार १४:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ