२४ घण्टामा मंगलबार ३५ सय ५६ जनामा कोरोना पुष्टि, १८ को मृत्यु


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५६ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५०३ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले थप १८ जनाको ज्यान गको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २७, मंगलवार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ