भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षा, ७ जनाको मृत्यु


एजेन्सी : भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षा भएको छ । वर्षापछि आएको बाढी र डुबानले ७ जनाको मृत्यु भएको हो ।

चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको छ । हैदराबादमा मंगलबार दिउँसो सुरू भएको भारी वर्षा बुधबार बिहानसम्म जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ ।

भारी वर्षापछि राज्यका धेरै स्थानमा बिजुली आपूर्ति बन्द गरिएको थियो । भारी वर्षाका वर्षाले तेलंगनाको मेडचल–मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । ती क्षेत्रका सडक नदी जस्तै बनेका छन् ।

वर्षाले त्यहाँका सडक र राजमार्गहरु समेत क्षतिग्रस्त बनेका छन् । हैदराबाद–विजयवाड़ा राष्ट्रिय राजमार्गमा यातायात बन्द गरिएको छ । राजमार्गमा सवारी साधनहरुको लामो लाइन लागेको थियो ।

हैदरबादमा भएको हिजो र आज भएको वर्षा २० वर्षयताकै ठूलो भएको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १२:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ