बाल संगठनको सभापति मनोनित : धनुषामा साफी र सिरहामा यादव


टुडेखोज, जनकपुरधाम : नेपाल बाल संगठनले धनुषाको सभापतिमा मो. रियाज साफी र सिरहाको सभापतिमा दिनेश यादवलाई मनोनित गरिएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले अलग अलग पत्र लेखेर सभापतिमा मनोनित गरेको जानकारी साफी र यादबलाई गराएका हुन् । साफी जनकपुरधाम उपमहानगर ५ र यादब सिरहा नगरपालिका ४ का स्थायी बासिन्दा छन् ।

संगठनको जिल्लामा रहेको चल अचल सम्पतीको व्यवस्थित अभिलेख राख्न र त्यसको संरक्षण्या गर्न पत्र मार्फत भनिएको छ । साथै संरक्षण विहिन बालवालिकाहरुको साहारा बन्ने अपेक्षा समेत गरिएको छ ।

यसअघिको जिल्ला कार्य समिति भंग गरिएको संगठनले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १४:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ