प्रदेश २ : हत्या गरेर फरार कुशवाहा ३३ वर्षपछि पक्राउ


टुडेखोज, जनकपुरधाम : बाराको सिम्रौनगढमा हत्या गरेर फरार भएक व्यक्ति ३३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्यामकिशोर प्रसाद कुशवाहा छन् ।

प्रदेश २ प्रहरी र इलाका प्रहरी कार्यालय सिम्रौनगढको संयुक्त टोलीले बुधबार कुसवाहालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनापछि फरार कुशवाहा भागमा बस्दै आएका थिए ।

सिम्रौनगढ नगरपालिका ६ कोहलपुरमा २०४४ भदौ १२ मा जयमंगल प्रसादको हत्या भएको थियो । बारा जिल्ला अदालतले २०४७ असोज २७ मा कुसवाहालाई दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला सुनाएको थियो ।

कुशवाहालाई कहाँबाट पक्राउ गरेको विषयमा प्रहरीले खुलाएको छैन । उनलाई अदालतमा पेश गरेपछि सजाय भुक्तानीका लागि कारागार चलाउन गरिने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ