मन्त्रिपरिषद् हेरफेर : पौडेल अर्थमन्त्री बनाइयो, पोखरेलबाट रक्षा खोसियो


टुडेखोज, जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुने भनिएपनि केही मन्त्रालयमा हेरफेर र रिक्त रहेका मन्त्रालयहरूमा नयाँ मन्त्रीको नियुक्ति गरिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यलयले नयाँ मन्त्री नियुक्त गरेको जानकारी दिएको हो । राष्ट्रपति कार्यालयको पत्र अनुसार ३ जना नयाँ मन्त्री थपिएका हुन् । यसअघि उपप्रधान तथा रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको मात्रै जिम्मेवारी तोकिएको छ । रक्षामन्त्री ओली आफैँले राखेका छन् ।

अर्थ मन्त्रीमा नेकपाका महासचिव विष्णु पौडेल नियुक्त भएका छन् । खाली रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिइएको छ । गुरुङ यसअघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए ।

गुरुङको ठाउँमा लिलानाथ श्रेष्ठलाई नियुक्त गरिएको छ । कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयमा मन्त्रीमा नियुक्त गरिएको छ । अन्य मन्त्रीहरु भने यथावत छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ भोली ११ बजे गराउने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ