पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना


टुडेखोज, काठमाडौं : नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि हिजो दिउँसो खनाल हेम्स अस्पतालमा भर्ना भएका हुन् ।

अहिले स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।तर उनलाई आज साँझसम्म अस्पतालमै रहन चिकित्सकहरुले सुझाएका छन् ।

अस्पताल भर्ना हुनुअघि खनालको पीसीआर परीक्षणसमेत गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार ११:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ