नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपतिले गराइन् शपथ ग्रहण


काठमाडौं : नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतलनिवासमा बिहीवार आयोजित विशेष समारोहबीच राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरू विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधवार राष्ट्रपति भण्डारीले पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित थिए ।

शपथपछि मन्त्रीहरूले आजै सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार १२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ