भारतमा कोरोना संकट : संक्रमितको संख्या ७३ लाख नाघ्यो


भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ । भारतमा हालसम्म संक्रमित ७३ लाख ७ हजार नाघेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ८ लाख १२ हजार ३९० जना सक्रिय संक्रमित छन् । ६३ लाख ८३ हजार ४४२ जना निको भएका छन् । कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म १ लाख ११ हजार २६६ जनाको ज्यान गइसकेको छ ।

भारतमा सर्वाधिक असर महाराष्ट्र राज्यमा परेको छ । महाराष्ट्रमा १ लाख ९६ हजार ७६१ जना सक्रिय संक्रमित छन् । त्यहाँ हालसम्म ४० हजार ८५९ जनाको ज्यान गइसकेको छ ।

अर्को सर्वाधिक असर परेको राज्य कर्नाटक हो । कर्नाटकमा १ लाख १६ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने हालसम्म १० हजार १९८ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा ९ करोडभन्दा बढी कोरोना परीक्षण गरिएको जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ