औरही खोला नजिकैबाट बन्दुक, गोली र खुकुरीसहित ४ जना पक्राउ


टुडेखोज, वीरगञ्ज : पर्साको ठोरी गाउँपालिका ४ औराही खोलाको बगरबाट हातहतियारसहित चार जनालाई आज विहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका ४ का ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुन बहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् । उनीहरुबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।

खोलाको बगर भएर लागूऔषध गाँजा लिएर केहि व्यक्ति आइरहेको सूचना प्रहरीले पाएका थिए । सुचना प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी त्यहाँ पुगेको थियो । सोही क्रममा हातहतियारसहित उनीहरु पक्राउ परेको बताइएको छ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार १५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ