जनकपुरमा अँग्रेजी बाजासहित गुन्जियो– ‘हिन्दु राष्ट्र कायम गर’को नारा


टुडेखोज, जनकपुरधाम : जनकपुरमा अँग्रेजी बाजासहित ‘हिन्दु राष्ट्र कायम गर’को नारा गुन्जिएको छ । नेपाल राष्ट्रवादी समुह धनुषाले हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राखेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा ठूलो संख्या महिला, पुरुष तथा बालवालिकाको समेत सहभागिता रहेको थियो । उनीहरुले ‘हिन्दु राष्ट्र कायम गर’ नारा लगाए । प्रदर्शनमा सहभागीहरुले पुर्वराजा वीर विक्रम शाह र कोमल राज्यलक्ष्मीको तस्विर टाँसेका थिए ।

समुहका धनुषा संयोजक कारी यादवले देशमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरे । उनले विभिन्न षड्यन्त्र गरी धर्मनिर्पेक्ष राष्ट्र कायम गरेको आरोप लगाए । उनले राजा समेत फर्किनुपर्ने जिकिर गरे ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ