२४ घण्टामा बिहीवार ३७४९ कोरोना संक्रमित थपिए, १९ को मृत्यु


टुडेखोज, काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३७ सय ४९ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । यसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना छन् भने होम आइसोलेसनमा २४ हजार १९४ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३५ सय ६४ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

संक्रमितमध्ये गम्भिर अवस्थाका ३१४ जना आईसीयूमा उपचाररत छन् भने ६८ जना भेन्टिलेटरमा छन् । देशभर पछिल्लो २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ । मृतक संख्या ६९४ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ