जनकपुर : वडाध्यक्ष मण्डल र सहयोगीमाथि भ्रष्टाचार मुद्दा दायर


जनकपुरधाम : धनुषाको जनकपुरधाम उप-महानगरका एक वडाध्यक्ष र कार्यालय सहयोगीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

वडा नम्वर १३ का वडाध्यक्ष शुभ नारायण मण्डल र सहयोगी दिलिप कुमार पंजियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । जनही २४ बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा उनी दुबै जनामाथि अदालतमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

केहि दिन अगाडी कार्यालय सहयोगी पंजियारलाई २४ हजार घुससहित बर्दिबास अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । उनले वडाध्यक्ष मण्डलकै निर्देशनमा घुस लिएको अख्तियारको दावी छ ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार १९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ