सबैलामा आज जसपाको वृहत पार्टी प्रवेश कार्यक्रम, राजेन्द्र महतो आउँदै


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) धनुषाले आज सबैलामा वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्न लागेको छ ।

कार्यक्रमका लागि पार्टीका बरिष्ट नेता तथा साँसद राजेन्द्र महतो करिब ९ बजे जनकपुर आउन लागेका छन् । उनकै प्रमुख आतिथ्यमा कार्यक्रम हुनेछ । कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादब समेत सहभागी हुने भनिएपनि उनी हिजै काठमाडौं पुगेका हुन् । उनी कार्यक्रममा उपस्थित हुने छैन ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, संघीय साँसद उमाशंकर अरगरिया र प्रदेशका मन्त्रीहरु सहभागी हुनेछन् । करिब हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गर्ने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ३०, शुक्रबार ०८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ