पर्सा मालपोतमा छापा : १८ जना पक्राउ, रातिसम्म हुन्थ्यो लेनदेन


वीरगन्ज : पर्साको मालपोत कार्यालयमा जिल्ला प्रशासन कार्यालयले बिहीबार अबेर राति छापा मारेको छ ।

जिल्ला मालपोत कार्यालय पर्सामा रातिसम्म पैसाको लेनदेन गरेर  कामकारवाही भइरहेको विशेष सूचनाको अधारमा जिल्ला प्रशासन कार्यालय पर्साले छापा हानेको हो । जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीको कमान्डमा खटिएको टोलीले मालपोत कार्यालयमा छापा मारिएको छ ।

छापामा मालपोत कार्यालय पर्साका कर्मचारीसँगै  कार्यालय बाहिरका ८ जना रहेका छन् ।  सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले विभिन्न फाइल भित्र राखिएको रकमसहित १८ जनालाई नियन्त्रणमा लिइएको बताए ।

जिल्ला प्रशासनको टोलीले राति ८ बजेर ३० मिनेटपछि छापा मारेको हो । छापामा सेवाग्राहीसहित १८ जनालाई नियन्त्रणमा लिनुको साथै ११ हजार भन्दा बढी रकम बरामद भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

यता मालपोत कार्यालय पर्साका प्रमुख सुमन झाले देश यस्तो परिस्थितिमा हुँदा कारण कर्मचारीको भएकाले अबेर रातिसम्म काम गर्नुपरेको बताएका छन् । उनले अबेर रातिसम्म सेवा दिएको दाबी गरेका छन्।

प्रकाशित : २०७७ आश्विन ३०, शुक्रबार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ