कमिकमजोरी सुधार्न नेपाल प्रहरीलाई मुख्यमंत्री राउतको सुझाव


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले विगतमा भएका कमिकमजोरी सुधार गर्न नेपाल प्रहरीका अधिकारीहरुलाई सुझाव दिएका छन् ।

६५ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आज जनकपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमंत्री राउतले यस्तो सुझाव दिए । जनताको जीउधनको रक्षा गर्ने सरकारको दायित्व रहेकाले इमान्दारिता पुर्वक शान्ति सुरक्षा कायम गर्नुपर्नेमा जोड दिए ।

उनले तस्करी नियन्त्रण गर्न पनि निर्देशन दिए । प्रदेश सरकारले स्रोत साधनले भ्याएसम्म हरप्रकारको सहयोग नेपाल प्रहरीलाई गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमंत्री राउतले कोरोनो रोकथाम तथा नियन्त्रणमा नेपाल प्रहरीले गरेको कामहरु स्वागतयोग्य रहेको बताए । ज्यानको प्रवाह नगरी खट्दा केहि प्रहरी संक्रमित समेत भएकाले खेलेको भुमिकाको प्रदेश सरकार उच्च मुल्यांकन गरेको उनको भनाई थियो ।

प्रकाशित : २०७७ आश्विन ३०, शुक्रबार १०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ