उदयपुरमा स्कोर्पियो दुर्घटना : ५ जनाको ज्यान गयो, तीन घाईते


टुडेखोज, जनकपुरधाम : उदयपुरको कटारीमा शनिवार राति दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति करिब २ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका ९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की रहेको मृत्यु भएको छ । अन्य तीन जनाको पहिचान खुल्न सकेका छैन ।

घाईतेहरुको उपचारका लागि कटारी पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार ०७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ