धनुषा : हराइरहेकी दुई बालिका एउटै पोखरीमा मृत भेटिन्


टुडेखोज, जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ स्थित एउटै पोखरीमा दुई बालिका मृत फेला परेकी छन् ।

स्थानीय रामकुमार यादवको एक छोरी र उपेन्द्र यादवको एक छोरी पोखरीमा मृत फेला परेकी हुन् । हिजो विहानदेखि उनी दुबै बालिका हराइरहेकी थिइन् । हिजो साँझ एउटा र आज विहान अर्को बालिका एउटै पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक बालिकाको नाम र उमेर खुल्न सकेका छैन । प्रहरीले विस्तृत विवरण आउँन बाँकी रहेको जनाएको छ । अहिले दुवै बालिकाको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएको छ ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार ०८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ