सप्तरीमा बालिकामाथि सामूहिक बलात्कारको प्रयास, परिवारलाई सुरक्षा चुनौती


  • राजेश विद्रोही

टुडेखोज, लहान : सप्तरीको राजविराज नगरपालिका १ चनौराकी १६ वर्षीय सुनीता सरदारमाथी सामूहिक बलात्कारको प्रयास भएको छ ।

राजविराजको सृजना स्कूलमा कक्षा १० मा अध्यनरत बालिका बाख्रा खोज्न मुस्लिम बस्तीमा छिरेकी थिइन । बस्तीको साइडमा रहेको झारीमा एकहुल केटाहरु ड्रग्स प्रयोग गरिरहेका थिए । केटाहरुले उनलाई देखेपछि ए, बाँतरनी कता हिडेकी ? यता आइजा, चुम्मा (किस) खान्छु आदि अपशब्दहरु भनेपछि उनले प्रतिकार गर्न खोजिन । तर, ती केटाहरू उनलाई झम्टेर बलात्कार गर्न खोजे । शरीरको कपडा समेत च्यातिदिए । त्यसपछि उनी रुँदै घर फर्किन ।

घरमा आमालाई सबै कुरा बताइन् । पीडितकी दाजु र गाउँका केटाहरुले घटना थाहा पाएपछि घटनास्थलमा पुगे । प्रहरीलाई फोन पनि गरे । दुबैपक्षबीच भनाभन हुँदै थियो । प्रहरीलाई खबर गरेको दुई घण्टापछि मात्र घटनास्थलमा पुगे । त्यतिबेलासम्म केही केटाहरू भागिसकेका थिए भने नशा खाएर लठ्ठीएका सलमान भने भाग्न सकेन । प्रहरीले उनलाई समातेर लगे । नजिकै रहेको जिल्ला प्रहरी कार्यालय राजविराजको प्रहरी कहाँ पीडितकी दाजु उजुरी दिन पुगे । तर, प्रहरीले उल्टै उनलाई हत्कडी लगाएर भित्र गरे । बलात्कारी सलमान र मेरो छोरालाई त्यसपछि प्रहरीले छाडिएको पीडितकि आमाले बताइन् ।

त्यसपछि फेरि पीडितपक्ष प्रहरीमा जाहेरी दिन पुग्छन् । प्रहरीले आज उजुरी दिनु भोलि उनीहरुलाई पक्राउ गर्छु भनेपछि पीडितपक्ष प्रहरीले भनेको अनुसार नै निवेदन दिन्छन । पीडित प्रहरीमा फेरि पुगेको थाहा पाएपछि राति केटाहरुले उनको घरमा दिउँसो ज्यान मार्ने धम्की दिन समेत घरमा आएको तस्बिर पनि सार्वजनिक भएको छ । त्यहाँ मुस्लिम बस्तीमा एकघर सरदार दलितको घर मात्र छ । उनीहरुलाई यतिबेला ज्यानको जोखिम बढेको छ । पीडितकी बुबा छिमेकी भारत रोजगारमा गएका छन् ।

घटना त्यतिसम्म मात्र सिमित रहेन घटनाकै दिन असोज २८ गते राति १० बजे १५/२० जनाको समूहमा हातहतियार बोकेर आएका केटाहरूले घरभित्र प्रवेश गरेर ज्यान मार्ने कोशिस समेत गरे । उनीहरु चिच्याई रहे डरले छिमेकीहरु पनि बाहिर निस्केनन । चिच्याएको हल्ला नजिकै रहेको बस्तीमा पुग्छन् । त्यसपछि बस्तीका मानिसहरू आएपछि अपराधीहरु फरार हुन्छन् । र, पीडितहरु धानको खेतैखेत बस्तीमा पुग्छन् । यतिबेला राति–राति केटाहरू पीडितको घरमा आएर ज्यानमार्न आइरहेका छन् । पीडित परिवार घरमा राति कोही पनि बस्दैनन् । नजिकैको बस्तीमा राति गएर बस्छन् ।

पीडित परिवारमाथि यो भने पहिलो घटना होइन । घटना तीनपटक भइसकेको छ । तर, प्रहरीले कुनै चासो दिएको छैन् । ३० गते जिल्ला प्रशासन कार्यालयमा पीडितहरुले मुद्दा दर्ता गर्न आन्दोलन र टायर बाल्न थालेपछि प्रहरीले दुरव्यवहारको मुद्दा मात्र दर्ता लिएको स्थानीय अजय दासले बताए । उनले थपे, जबर्जस्ती करणीको प्रयास भएको छ । शरिरको लुगा समेत च्यात्तिएको छ । अपराधीहरु खुल्लेआम घुमिरहेका छन् । प्रहरीले पक्राउ गरेको छैन् ।

पीडित बालिका भन्छिन्, यो ममाथिको तेस्रोपटकको घटना हो । दुईवर्ष अगाडि राजविराजबाट कक्षा ८ को पुस्तक किनेर फर्किदै गर्दा उनीहरुले यसरी नै जिस्कियाएका थिए । उनले थपिन्, घटनामा संलग्न अपराधीहरु रसिद मियाँ, अकबर मियाँ, मुस्तक मियाँ, मोहम्मद राति राति घरमा हतियार सहित आइपुग्छन् । प्रहरीले पक्राउ गरेिरहेको छैन् । उनीहरु विभिन्न मुद्दामा पटकपटक जेल सजाय काटेकाहरु हुन् । प्रहरीले पक्राउ गरेको मुस्ताक मियाँलाई छोडेर निवेदन दिन गएको मेरो दाईलाई उल्टै प्रहरीले हत्कडी लगाएर थुनेको बताइन् ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ