सप्तरीमा ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले समात्यो


टुडेखोज, राजविराज : सप्तरीमा लागुऔषधसहित दुई जनालाई प्रहरीले समातेको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकाबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले समातेको हो ।

तिलाठी कोइलाडी गाउँपालिका घर भएका निरज शर्मा र सोही ठाउँका भरत शर्मा समातिएका हुन् । उनी दुबै जनालाई ईलाका प्रहरी कार्यालय कञ्चनरुप नगरपालिकाबाट खटिएको प्रहरीले समातेको बताइएको छ ।

शर्माद्वय चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५० ग्राम ब्राउन सुगरको पाँच पोका बरामद भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ