अब कोरोनाले घरमै मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने


टुडेखोज, काठमाडौं : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन मापदण्ड सरकारले परिमार्जन गरेको छ । मापदण्ड अनुसार अब घरमा मृत्यु भएमा परिवारले नै शव व्यवस्थापन गर्नुपर्छ ।

शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७ दोस्रो संशोधन गर्दै सरकारले उक्त निर्णय गरेको हो । पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएका कारण सरकारले मापदण्ड नै परिमार्जन गरेको छ ।

संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय तहका जनप्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने भनिएको छ । त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ अन्त्यष्टि गर्न भनिएको छ ।

यसअघि कोरोना संक्रमितको मृत्यु भएमा नेपाली सेनाले शव व्यवस्थापन गरिदै आएको थियो ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार १७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ