मिथिला नगरपालिकाको मुसहर बस्तीमा बन्यो दिनाभद्री मन्दिर, मेयरले गरे उद्घाटन


फुलगेन मगही, ढल्केवर : धनुषाको मिथिला नगरपालिका ३ मा दिनाभद्री मन्दिरको उद्घाटन गरिएको छ ।

मन्दिरको उद्घाटन नगरपालिका प्रमुख हरि नारायण महतो र वडाध्यक्ष राम एकवाल महतोले संयुक्त रुपमा गरेका हुन् । दिनाभद्री मुसहर समुदायको कुलदेवताको रुपमा रहेको छ ।

नगरप्रमुख महतोले यस क्षेत्रमा रहेका मुसहर समुदायको विकासका लागि सहयोग गर्न तत्पर रहेको बताए । मुसहर समुदायका बालबालिकालाई पढाउनका लागि अभिभावकहरुसँग उनले आग्रह समेत गरे ।

यस क्षेत्रमा बोलिने मगही भाषा र सँस्कृतीलाई जोगाउन र संरक्षणका लागि सबैले आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा गोबिन्द सदाले, नेपाल राष्ट्र मुसहर संघको महासचिव राम स्वरुप सदा, कवीर बाल आश्रमका संचालक सन्त सत्यनारायण आलोक, साना किसान सहकारी प्रदेश नम्बर २ का अध्यक्ष राम कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ