जनकपुर : राजदेवी मन्दिरमा पुजापाठ गर्नेको भीड (फोटो फिचर)


टुडेखोज, जनकपुरधाम : दशैंको तेस्रो दिन दुर्गा शक्ति पीठहरुमा आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदैछ । जनकपुरस्थित राजदेवी मन्दिरमा पनि पुजापाठ गर्ने महिला तथा पुरुषहरुको भीड लागेको छ ।

कोरोना भाइरसले देश आक्रान्त बनेको बेला पनि मन्दिरमा पुजापाठ गर्नेहरुको लर्को देखिन्छ । राजदेवी मन्दिरमा पहिलो र दोस्रो दिन सेनिटाइज गरेर मात्र प्रवेश गर्न दिन्थ्यो । तर आईतवारदेखि सेनिटाइज गर्ने कार्य बन्द भएको छ ।

मन्दिरमा पुजापाठ गर्दा अनिवार्य मास्कको प्रयोग गर्न भनिएपनि कसैले वास्ता गर्ने गरेको देखिदैन । बिना मास्क मन्दिरमा प्रवेश गर्ने र सेल्फी तान्नेहरुको दिनभर भीड लाग्ने गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ