प्रदेश २ कोरोना अपडेट : १९७८ संक्रमित उपचाररत, मृत्यु हुनेको संख्या १६१


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा अहिले १९ सय ७८ जना कोरोना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १४ हजार ८८४ जना कोरोना संक्रमित भएका थिए । जसमध्ये १२ हजार ९०६ जना कोरोनामुक्त भइसकेका छन् । अहिले १९ सय ७८ मध्ये १८ सय १७ जना संक्रिय संक्रमित रहेका छन् ।

हालसम्म १ लाख ३० हजार ३७४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ । जसमध्ये ११ सय ४० जनाको रिपोर्ट आउन मात्र बाँकी छ ।

प्रदेश २ मा कोरोनाले हालसम्म १६१ जनाको ज्यान गइसकेको छ । सबभन्दा बढी पर्सामा ४७ जनाले ज्यान गुमाएका छन् । यस्तै सप्तरीमा २३, सिरहामा १६, धनुषामा १८, महोत्तरीमा १६, सर्लाहीमा १३, रौतहटमा ९ र बारामा १८ जनाको ज्यान गएको छ ।

तथ्यांकमा संक्रमित र निको हुनेको संख्या :

जिल्ला संक्रमित निको
सप्तरी १४७२ – १२१२
सिरहा १४०२ – ७७७
धनुषा २११० – १९१५
महोत्तरी १६२८ – १३८४
सर्लाही १९५९ – १८६९
रौतहट २०२५ – १९२७
बारा १४२७ – १२५५
पर्सा २८१४ – २५६१

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार ११:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ