सिरहा : विचल्लीमा परेकी रेमनीको घर राज्यमन्त्री मण्डलसहितका व्यक्तिले बनाइदिने


टुडेखोज, जनकपुरधाम : सिरहाको विष्णुपुर गाउँपालिका २ गढियाकी अति विपन्न रेमनी साह हलुवाइको घर बन्ने भएको छ ।

श्रावणको झरीमा उनको घर भत्केको थियो । घर भत्केपछि विचल्लीमा परेका कारण रमनीको घर बनाइदिने पहल जसपा युवा नेत श्रीकृष्ण कुमार साहले गरे ।

उनको पहलपछि केहि मनकारी मन, विष्णुपुर गापा अध्यक्ष जागेश्वर यादव र प्रदेश २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले रेमनीको घर बनाइदिने भएको छ ।

दुई कोठे घरको सोमवार राज्यमन्त्री मण्डलले शिलान्यास समेत गरे । शिलान्यास गर्न पुगेका राज्यमन्त्री भन्छन्, ‘निकै खुशी छु । एक जना गरिब निःसहाय महिलाको आँसु पुछ्ने काममा सहभागी हुन पाएको छु ।’

स्थानीय समाजसेवी हजारी साह, वडाध्यक्षद्वय रामइश्वर यादव र जयकुमार यादव लगायतले समेत उनको घर बनाउनमा मद्दत गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार १६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ