जसपा सांसदहरुले पनि दसैं भत्ता नलिने, कोरोना पीडितलाई राहत दिन माग


टुडेखोज, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले पनि दशैं भत्ता नलिने भएको छ ।

सोमबारबाट काठमाडौंमा सुरु भएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफ्ना सबै सांसदले दसैँ भत्ता नलिने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बैठकले दसैं भत्ता खारेज गर्न बैठकले माग गरेको छ । सो रकम कोभिड १९ पीडितलाई राहत दिनुपर्ने उनको भनाई छ ।

सरकारले दसैँ भत्ता खारेज नगरे सबै जसपा सांसदले सो भत्ता नलिने निर्णय गरेको उनले बताए । उनका अनुसार बैठकले पार्टी विधान संशोधनसहित पारित गरेको छ ।

मंगलबारसम्म जारी रहने बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार २०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ