बर्दिवास अस्पतालमा एक हजार बढीको कोरोना परीक्षण !


टुडेखोज, जनकपुरधाम : महोत्तरीको बर्दिवास अस्पतालले एक हजारभन्दा बढीको कोरोना (पिसिआर) परीक्षण गरेको छ ।

गत १२ भदौदेखि अस्पतालले कोरोना (पिसिआर) परीक्षण सुरु गरेको थियो । असार मसान्तसम्ममा १ हजार ४५ जनाको कोरोना परीक्षण गरिएको छ ।

अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादवका अनुसार भदौ महिनामा ३८६ जनाको पीसीआर परीक्षण गर्दा २५ महिलासहित ४७ जनामा र असोजमा ६५९ जनाको पीसीआर परीक्षण गर्दा ५२ महिलासहित १ सय ४४ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि गत २६ असारमा उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले पीसीआर परीक्षण सुरु गराएको थियो ।

कोरोना परीक्षणका लागि नगरपालिकाले करिब एक करोड २५ लाख खर्च गरेर पीसीआर मेसिन र आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएको छ ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ