‘दलित समुदायको उत्थानका लागि शिक्षा, संगठन र संघर्ष जरुरी’


कुलदिप प्रेम, जनकपुरधाम : दलित अगुवाहरुले शिक्षा आर्जन, संगठन निर्माण र संघर्ष गरेमा मात्र दलितहरुको उत्थान हुने धारणा राखेका छन् ।

दलित समाज लोहनाद्वारा जनकपुरधाम उपमहानगर २५ लोहनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी दलित अगुवाहरुले यस्तो धारणा राखेका हुन् ।

प्रदेश २ मा अधिकांश दलित अशिक्षित छन् । उनीहरुको शिक्षामा पहुँच भएमा संगठित स्वतः निर्माण हुने र संगठित भएमा अधिकारबाट कसैले बञ्चित गर्न नसक्ने अगुवाहरु बताउँछन् । बाबा साहेब भीम राव अम्बेडकरको यी तीनवटा मन्त्रलाई पालना गर्न दलित अगुवाहरुले सुझाए ।

सहभागीहरुले पुरुष मात्र होइन, महिलाहरुलाई पनि राजनीतिमा आउन आग्रह गरेका छन् । राजनीति बिना अधिकार सुनिश्चित नहुने उनीहरुको भनाई थियो ।

दलित समाज लोहनाका अध्यक्ष जोगिन्द्र पासमानको अध्यक्षतामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा दलित अभियन्ता रघुनाथ दास, महिला अधिकारकर्मी मुन्नी देवी दास, इन्सेक प्रदेश २ इन्चार्ज राजु पासमान, बहुजन समाज परिषदका उपाध्यक्ष राजाराम पासमान, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश अध्यक्ष कैलास दास, सोही वडाका वडा अध्यक्ष उमेश यादव, प्रमिला सदा लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ