बेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा भेट्यो


टुडेखोज, कैलाली : ड्युटीकै क्रममा बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव पनि फेला परेको छ ।

कैलाली धनगढी उपमहानगर १२ जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान ड्युटीका क्रममा कात्तिक एक गते राति बेपत्ता भएका थिए । उनको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार नेपाल भारत सीमा नजिक मोटरसाइकलमा गस्तीमा गएका बेला प्रहरी जवा साउद बेपत्ता भएका थिए । मोहना नदीमा डुबिरहेको अवस्थामा साउदको शव फेला परेको उनको भनाई छ ।

साउदसँगै डिउटीमा निस्किएका प्रहरी नायव निरीक्षक (असई) विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परेका थिए ।

जवान र असई द्वयलाई तस्करहरूले विभत्स तरिकाले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले हत्याको आशंमा १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ