प्रदेश २ मा मंगलवार कति थपिए कोरोना संक्रमित (हेर्नुस् विवरण)


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा मंगलवार प्रदेश २ मा कोरोना भाइरसका ७९ कोरोना संक्रमित थपिएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १५ हजार १७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा १३, महोत्तरीका ४, सिरहामा ११, बारामा ६, पर्सामा १८, सर्लाहीमा ४, रौतहटमा ४ र सप्तरीमा १८ संक्रमित थपिएका छन् । यस्तै प्रदेश २ मा बस्दै आएका त्रियुगा नगरपालिका, उदयपुर घर भएका १ जनामा पनि संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ३१ जना संक्रमित निको भएका छन् । जसमध्ये ११ जना महिला छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित एक महिलाको ज्यान गएको छ । महोत्तरीको भंगहा नगरपालिका ५ घर भएकी ६० वर्षीया महिलाको प्रादेशिक अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै यस प्रदेशमा कोरोनाले ज्यान जानेको संख्या १६२ पुगेको छ ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार १८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ