दशैंमा सबै बैंक ५ दिन बन्द रहने


काठमाडौं : कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंबिदामा आफ्ना शाखाहरु ५ दिन बन्द राख्ने भएको छ ‌।

गत वर्ष दशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका थिए । तर यसवर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेको हो ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म सबै वाणिज्य बैंकका शाखा बन्द खर्ने निर्णय भएको बताए ।

‘दशैंँमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भीडभाड हुन सक्छ,’ उनले भने, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैले ५ दिन बन्द गर्ने निर्णय गरेका छौं ।’

बैंकहरुले एटिएम तथा डिजिटल कारोबार संचालनमा रहने जनाऐको छ ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार २१:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ