एकैदिन भेटियो ५ हजार ७४३ कोरोना संक्रमित, थप २६ जनाको मृत्यु


टुडेखोज, काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ९९६ जना कोरोनामुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९९ हजार ६५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले २६ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ७ सय ९१ पुगेको छ ।

प्रकाशित : २०७७ कार्तिक ५, बुधबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ