प्रदेश २ : प्रहरीमाथि गोली चलाउने कुशवाहा पेस्तोल र गोलीसहित पक्राउ


टुडेखोज, बारा : बाराको सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलबाट प्रहरीले हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहा छन् । उनको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिन बरामद भएको छ ।

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहालाई बुधबार दिउँसो शंका लागेर रोक्न खोजे । तर कुशवाहाले आफुसँग भएको पेस्टोलबाट एक्कसी प्रहरीलाई लक्षित गरी फायरिङ गरे । प्रहरीले १ राउण्ड जवाफी फायर गरी उनलाई पक्राउ गरेको हो ।

पाखुरामा गोली लागेका कुशवाहाको स्थानीय मेडिकलमा उपचार भएको र अवस्था सामान्य रहेको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक ५, बुधबार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ