मधेसका दुर्गा शक्तिपीठहरुमा ‘बेलनौती’ गरियो


सिबेन्द्र रोहिता, जनकपुरधाम : विजया दशमीको आज छैठौं दिन । तराई/मधेसका दुर्गा शक्ति पीठहरुमा आज ‘बेलनौती’ गरिएको छ । दुर्गा शक्तिपीठहरुबाट बाजा गाजाका साथ पण्डित र पुजारी पुगेर बेल रुखलाई पुजापाठ गरी ‘बेलनौती’ गरिएको हो ।

शक्ति पीठमा माता दुर्गाको प्रतिमा स्थापना गर्दँ आँखा बनाइएको हुँदैन । सप्तरीका दिन पुजा गरेपछि मात्र राखिन्छ । यो विधिका लागि षष्ठीका दिन बेला निमन्त्रण गर्ने चलन छ । जसलाई बेलनौती भनिन्छ ।

सोही अनुसार बेलका रूखको एउटै हाँगामा फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रणा गरिन्छ । सो बेललाई सप्तरीमा दिन काटेर पालकीमा राखेल शक्ति पीठ ल्याउने चलन छ ।

पुजापाठ गरी ल्याउने बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ । पौरानिक माध्यता अनुसार नै धनुषाको शहिदनगर नगरपालिका ८ र ९ मा पनि विहिवार धुमधामसँग बेलनौती गरिएको स्थानीय निशान्त यादवले जानकारी दिए ।

प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार १७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ