जनकपुर : सडकको हिलोमा महिलाको लाश भेट्यो, बलात्कारपछि हत्याको आशंका


किसन साह/ जनकपुरधाम : जनकपुरधाम उपमहानगर १३ पिडारी पछबारी टोलस्थित सडककै हिलोमा गाडिएको अबस्थामा एक महिलाको शव (लाश) फेला परेको छ ।

कुर्था जाने सो सडकको हिलोमा मृत फेला परेकी महिलाको पहिचान खुल्न सकेका छैन् । नग्न अबस्थामा रहेकाले बलात्कार पछि हत्या गरेर हिलोमा गाडेको हुनसक्ने अनुमान प्रहरीको छ ।

लाश हेरेपछि स्थानीयले नै प्रहरीलाई खबर गर्यो ‌। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । लाश पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने प्रहरीको तयारी छ ।

प्रकाशित : २०७७ कार्तिक ७, शुक्रबार ११:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ