प्रदेश २ : आफ्नै कार्यकर्ताको कुटाइबाट नेकपा नेताको मृत्यु


टुडेखोज, वीरगन्ज : वीरगञ्जमा आफ्नै कार्यकर्ताको कुटाईबाट घाईते भएका पर्साका एक नेताको मृत्यु भएको छ । नेकपा विन्दबासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको हो ।

विहीबार पार्टीको शपथग्रहण कार्यक्रममा भएको झडपका क्रममा चौरसिया गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा आज विहान वीरगञ्ज न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौरसियाको टाउँकोमा गम्भीर चोट लागेको थियो । गाउँपालिका समितिको सपथ ग्रहण कार्यक्रम भइरहेका बेला असन्तुष्ट पक्षसंगको विवाद चर्किएपछि झडप भएको थियो । झडपका क्रममा लाठी हानाहान हुँदा ८ जना घाइते भएका छन् ।

तत्कालीन एमाले र एकीकृत माओवादीको एकीकरण पछि गठन भएको गाउँपालिका समिति सदस्यको सपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विरोध जनाएपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको थियो ।

प्रकाशित : २०७७ कार्तिक ७, शुक्रबार १५:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ