प्रदेश २ : कोरोनाले फेरी एक पुरुषको मृत्यु, आज कति थपिए संक्रमित ?


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना संक्रमणले फेरी एक पुरुषको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका ८ का ६५ वर्षीय पुरुषको कोरोनाले ज्यान लिएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचाररत उनको आज मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा शुक्रवार १८ महिलासहित ८१ जना कोरोना संक्रमित यस प्रदेशमा थपिएका छन् । मन्त्रालयका अनुसार धनुषामा १२ जना, महोत्तरीमा ४ जना, सिरहामा १० जना, बारामा ३ जना, पर्सामा १० जना, रौतहटमा ११ जना, सप्तरीमा २७ जना र अन्य जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३० कोरोना संक्रमित निको भएका छन् । हालसम्म १३ हजार २०२ जना निको भइसकेको मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

प्रकाशित : २०७७ कार्तिक ७, शुक्रबार १७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ