नेकपा नेता शर्मा र उनकी पत्नीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्मा प्रभाकर र उनकी पत्नी लक्ष्मीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पिसिआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको प्रभाकर स्वयंले जानकारी दिएका हुन् । उनले आफूलाई हल्का ज्वरो आएको पनि बताएका छन् ।

सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।

उनका भाइ तथा नेकपा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।

प्रकाशित : २०७७ कार्तिक ९, आईतवार ११:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ