धनुषा : मोटरसाइकल ठक्करबाट यादवको मृत्यु, ठक्कर दिने चालक फरार


टुडेखोज, जनकपुरधाम : धनुषाको कमला नगरपालिका २ स्थित हुलाकी सडकमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

प्रदेश–२–०२–००१ त ३१२६ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा स्थानीय अन्दाजी ५५ वर्षीय गोपाल यादवको घटनास्थलमै मृत्यू भएको हो । पश्चिमबाट पूर्वतर्फ गईरहेको उक्त मोटरसाईकलले यादवलाई ठक्कर दिएको छ ।

कमला नगरपालिका ३ लगमा बजारबाट दुर्गा मेला हेरेर घर फर्किने क्रममा यादवलाई विपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो । मोटरसाइकल लिएर चालक फरार भएका छन् ।

मोटरसाईकलमा पछाडी सबार ४५ शर्षीय सुजित मण्डल पनि गम्भिर घाईते भएका हुन् । तर मोटरसाइकल चलाउने व्यक्ति मण्डललाई पनि छाडेर भागेको खजुरी प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक ९, आईतवार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ