सप्तरीको कंकालनी मन्दिरमा २८६ राङ्गाको बली चढ्यो


टुडेखोज, राजविराज : सप्तरीको भारदहस्थिति कंकालनी भगवती मन्दिरमा आज २८६ राङ्गाको बली चढेको छ ।

हरेक वर्ष दशैंको महानवमी तिथिमा यहां राङ्गाको बली दिने चलन छ । ढोल पिपही बजाउंदै ‘भगवती माताकी जय’ नारा लगाउंदै राङ्गा बली चढाइएको छ ।

अपरान्ह १२ बजेदेखि २ बजेर ७ मिनेटसम्म राङ्गाको बली चढेको समितीले जनाएको छ । कोरोना भाइरसका कारण प्रशासनले बली चढाउन प्रतिबन्ध लगाएका थिए । तर पनि बली चढेको छ ।

प्रशासनले प्रतिबन्ध लगाएकै कारण यसवर्ष थोरै बली चढेको छ । गत वर्ष यहां ८ सय भन्दा बढी राङ्गाको बली चढेको थियो ।

प्रकाशित : २०७७ कार्तिक ९, आईतवार २०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ