प्रदेश २ : चोकको नाम राख्ने विषयमा झडप, प्रहरीले चलाए गोली


टुडेखोज, रौतहट : जिल्लाको गुजरा नगरपालिकामा एउटा चोकको नाम राख्ने विषयको विवाद उग्ररूप लिएपछि दुई पक्षबीच झडप भएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड अश्रु ग्याँस प्रहार गरेका हुन् । गुजरा नगरपालिका वडा १ र ७ को बिचमा रहेको एउटा बजारको नाम
परसवा राख्ने कि मनहरबा भन्ने विषयमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

विवादित बजारको नाम के राख्ने विषयमा एक दशकदेखि विवाद चलिरहेको छ । आज भएको झडपमा एक दर्जनभन्दा बढी मानिस सामान्य घाइते भएका छन् ।

दुवै गाउँका प्रतिनिधिलाई राखेर चोकको नाम के गर्ने विषयलाई टुंग्याइन मध्यस्थताको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रकाशित : २०७७ कार्तिक ९, आईतवार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ