चौरसिया हत्या : मुद्दा दर्ता गरी निष्पक्ष अनुसन्धान गर्न जसपा पर्साको माग


टुडेखोज, जनकपुरधाम : पर्साको बिन्दबासिनी गाउँपालिका नेकपाका सचिव मुकेश चौरसियाको हत्या भएको घटनाको बिषयमा मुद्दा दर्ता गरी निष्पक्ष र स्वतन्त्र रुपले अनुसन्धान गर्न जनता समाजवादी पार्टी (जसपा) पर्साले माग गरेको छ ।

तत्कालिन समाजवादी पार्टी जिल्ला अध्यक्ष राम नरेश यादव र तत्कालिन राजपाका  जिल्ला अध्यक्ष जगदीश पटेलले संयुक्त विज्ञप्ती जारी गरेर यस्तो माग गरेका हुन् । चौरसियाको हत्या नितान्त गैरराजनितिक भएको पनि विज्ञप्तीमा भनिएको छ ।

हत्या जस्तो घटनाहरुमा दबाब र प्रभावबाट मुक्त भएर पेशागत ब्यवसायिकतालाई पालन गर्न नेपाल प्रहरीसंग विज्ञप्तिमार्फत माग गरिएको छ । कानुनी राज्य र विधिको शासनको प्रत्याभूति गराउन प्रहरी, प्रशासन र न्यायीक निकायहरु बिचलनमुक्त हुन जरुरी रहेको पनि विज्ञप्तीमा उल्लेख छ ।

मृतक चौरसियाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जसपाले कानुनी कारवाहीमा कोही पनि बाधक नबन्न अपील समेत गरेको छ । आज मात्रे नेकपा अध्यक्ष प्रचण्डले पनि विज्ञप्ती जारी गरेर घटनामा संलग्न जोसुकै भएपनि कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक ९, आईतवार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ