सिरहामा १० र ८ वर्षीय दाजु-भाईको लाश पोखरीमा भेटियो


सुरेश राय, सिरहा : सिरहामा दाजु-भाईको शव (लाश) पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।

नरहा गाउँपालिका ३ खोरिया टोलका गुलजार शेखका १० वर्षीय छोरा अनजार र ८ वर्षीय छोरा यहसानको शव सोमबार सांझ फेला परेको हो । घरदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा दुबैको शव फेला परेको प्रहरीले जनाएको छ ।

सोमवार दिउसो ३ बजेदेखि बेपत्ता उनीहरुको खोजतलास गर्ने क्रममा पोखरीमा शव तैरिरहेको अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

माछामार्ने वा नुहाउन क्रममा दाजु-भाई पोखरीमा डुबेको हो की कसैले हत्या गरेको विषयमा केही खुल्न सकेका छैन् ।

प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ