कोरोना संक्रमणले सप्तरीका पुर्व सांसद चौधरीको निधन


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट सप्तरीका पुर्व सांसद मानपुर चौधरीको निधन भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चौधरीको मंगलवार निधन भएको हो । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर घर भएका चौधरी दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए ।

सास फेर्न समस्या भएपछि गत कात्तिक २ मा धरान पुगेका उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए ।

चिकित्सकका अनुसार ५५ बर्षीय चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ