बारा : कपडा उद्योगमा आगो लाग्यो, करोडौंको क्षति


टुडेखोज, कलैया : बाराको एक कपडा उद्योगमा आगो लाग्दा करिब एक करोड बराबरको क्षति भएको छ ।

छातापिपरास्थित कोहिनुर टेक्सटाइल मिलमा आगो लागेको हो । इलाका प्रहरी कार्यालय जितपुरका अनुसार मंगलबार दिउँसो कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा सल्किएको आगो उद्योगभरि फैलिएको थियो ।

आगलागीमा परी उद्योगकै कामदार भारतीय नागरिक सतीश कुमार महतो घाइते भएका हुन् । दायाँ हात र अनुहारमा आगोले पोलेको उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

उधोगमा एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यद्दपी बारा प्रहरीले क्षतिको विवरण नखुलेको जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ