हनुमान मन्दिरका पूजारीको घाँटी रेटेर हत्या, सहिद घोषणा गर्न माग


जनकपुरधाम : पश्चिम नवलपरासीमा एक पूजारीको विभत्स हत्या भएको घटना सार्वजनिक भएको छ । हिन्दुहरुको महान चाड दशैंकै बेला पूजारीको हत्या भएको हो ।

जिल्लाको सुस्ता गाउँपालिका ४ नर्सहीमा रहेको हनुमान मन्दीरमा पूजाआजा गर्दै आएका महँगु केवटको मन्दीरमै घाँटी रेटेर हत्या भएको स्थानीयले जनाएको छ । ती पूजारी कात्तिक ९ गते दिउँसो साइकल चडेर मन्दीरतर्फ गएका थिए । त्यसपछि नै उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीयका अनुसार दिउँसो साइकलमा जाँदा साइकलको पछाडि एक भारतीय नागरिक पनि बसेका थिए । ती भारतीय व्यक्ति अपरिचित भएकाले घटनाबारे थप अनुसन्धानमा समस्या परेको प्रहरीको भनाइ छ । यद्यपी घटनाको अनुसन्धान तीव्र पारिएको प्रहरीको दावी छ ।

घटनाको सम्बन्धमा विश्व हिन्दू परिषद् नेपालले हत्या पूजारीको हत्यामा संलग्नलाई चाँडो भन्दा चाँडो पहिचान गरि कडा कानूनी कारवाही गर्न माग गरेको छ । परिषदले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

यता, विश्व हिन्दू परिषद शाखा नवलपरासीले अपराधिको चाँडो भन्दा चाडो पहिचान गरि कारवही र मृतक पुजारीलाई सहिद घोषणा गर्नेुपर्ने माग गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार १८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ